हजयात्रीको विदाइ गर्दै गृहमन्त्रीले दिए नेपालको झण्डा

705
views

काठमाडौँ, २६, श्रावण । गृहमन्त्री जनार्दन शर्माले साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जान लागेका हजयात्रीहरुलाई बिदाई गर्नुभएको छ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आज गृहमन्त्री शर्माले हजयात्रीलाई विदाई गर्नुभएको हो । गृहमन्त्री शर्माले हजयात्रीलाई नेपालको झण्डा प्रदान गर्दै यात्राको सफलताको कामना गर्नुभएको थियो । उहाँले यात्राको क्रममा नेपालको प्रचार प्रसार गर्न समेत आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । हजयात्राका लागि आज १३० जना मुस्लिम समुदायका हजयात्री साउदी अरेबियातर्फ लागेका छन् । गृह मन्त्रालयको समन्वयमा यसबर्ष एक हजार २१० जना मक्का मदिनामा हज गर्न जाने केन्द्रिय हज समितिले जानकारी दिएको छ । ती मध्ये १० जना प्रतिनिधिमण्डलका सदस्यहरु रहनेछन् । हज समितिले बनाएको टुर प्याकेज अनुसार हजयात्री ४५ दिनपछि स्वदेश फर्कनेछन् ।