सदरमुकामका दुध डेरीमा पाईने दुधको गुणस्तर खस्कियो, अनुगमन गर्ने निकाय खोई ?

925
views

महेन्द्र जिसी
पर्वत, २६, श्रावण । खाद्य बस्तुको अनुगमन गर्ने निकायले अनुगमन गरेको केही समय वित्न नपाउँदै सदरमुकामका दुध डेरीहरुमा गुणस्तर खस्किएको उपभोक्ताले गुनासो गरेका छन् । पर्वतमा दुधको अनुगमन नहुँदा गुणस्तर खस्केको उपभोक्ताहरुको भनाई छ ।
सदरमुकाम दुग्ध उत्पादनमा आत्मनिर्भर हुँदै गएको भएपनि गुणस्तरीयता घटेको भन्दै उपभोक्ताहरु सञ्चार माद्ययमतिर बोल्न थालेका छन् । दुध तथा दहीमा कमसल गुणस्तरको भएको उपभोक्ता बताउँछन् । दुग्धजन्य उत्पादनको नियमित अनुगमन नभएका कारण व्यवसायीहरुको लापरवाही बढेको र आँफुहरु मारमा परेको उपभोक्ताहरुले बताएका हुन । सदरमुकाममा मात्र दर्जन भन्दा बढी दुग्ध व्यवसायीहरु रहेको भएपनि गुणस्तरमा भन्दा व्यपारमा प्रतिष्पर्धा देखिएको भन्दै दुधमा मिसावट बढन थालेको उपभोक्ता कृष्ण आचार्यले बताए । आचार्यले भने ‘बजारमा बासी र मिसावट दुध बिक्रि वितरण भएको कारण खरीद गरेको दुध छिट्टै विग्रिने समस्या बढेको छ ।’ जिल्ला पशु सेवा कार्यालयले पनि नियमित मासु तथा अन्य क्षेत्रको अनुगमन भएपनि दुग्ध डेरीमा अनुगमन नभएका कारण समस्या हुने सक्ने बताएको छ । दुघमा विभिन्न अखाद्य वस्तुहरु समेत मिसावट हुने खतरा बढेको उपभोक्ताहरुले बताएका छन ।