गृह मन्त्रालयद्वारा ३१ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचिसहित)

698
views

काठमाडौं, २६, श्रावण । गृह मन्त्रालयले बुधबार ३१ जना प्रमुख जिल्ला अधिकारी (सिडियो) को सरुवा गरेको छ।सहसचिव र उपसचिव रहने ३१ जिल्लामा सिडियो सरुवा गरेको हो ।
सरुवा सूची अनुसार काठमाडौंमा केदारनाथ शर्मा, पर्सामा विनोद प्रसाद सिंह, झापामा ऋषीराम तिवारी, मोरङमा राम प्रसाद आचार्य, धादिङमा श्याम प्रसाद भण्डारी, महोत्तरीमा बाबुराम श्रेष्ठ, सप्तरीमा भागीरथ पाण्डे र स्याङ्जामा महेश आचार्यलाई पठाईएको छ ।
सप्तरीका सिडियो कृष्णबहादुर कटुवाललाई राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्र र महोत्तरीका सिडियो विरेन्द्र कुमार यादवलाई गृह मन्त्रालयमा सरुवा गरेको छ । उपसचिव रहने सिडियोको सरुवा सूची अनुसार ओखलढुंगा जिल्ला प्रशासन कार्यालयमा जनकराज पन्त, सोलखुम्बुमा भुपेन्द्र थापा, प्युठानमा डा.कृष्णबहादुर घिमिरे, दोलखामा लक्ष्मण विक्रम थापा, रसुवामा हिरादेवी पौडेल, दार्चुलामा जनार्दन गौतम, म्याग्दीमा कृष्ण प्रसाद अधिकारी, ताप्लेजुङमा मोहन जिसीलाई पठाईएको छ ।
त्यसैगरी धनकुटामा उमेश पाण्डे, सप्तरीमा नरबहादुर खड्का, महोत्तरीमा फडिन्द्र दाहाल, धनकुटामा गोविन्द न्यौपाने, बाँकेमा देवेन्द्र लामिछाने, बाजुरामा लुक बहादुर क्षेत्री, बझाङमा धर्मानन्द जोशी, ईलाममा बासु प्रसाद कोईरालालाई पठाईएको छ । पोखराका उपक्षेत्रीय प्रशासक गणेश बहादुर अधिकारी, यदुनाथ पौडेललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । त्यसैगरी सोलखुम्बुमा सिडियो उमेश पाण्डेलाई उपक्षेत्रीय प्रशासक कार्यालय धनकुटा, दोलखाका सिडियो यज्ञराज बोहोरालाई गृह मन्त्रालय, म्याग्दीका सिडियो राजु प्रसाद पौडेललाई अध्यागमन विभागको निर्देशक,बझाङका सिडियो केशव बहादुर थापा क्षेत्रीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।