नेशनल लाईफद्वारा पूर्णावधि र मृत्यु दाबी भुक्तानी

1311
views

पर्वत, २७, श्रावण । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड पर्वत शाखाले एक कार्यक्रम विच दाबी रकम भुक्तानी गरेको छ । पर्वत फलेवास नगरपालिका वडा नं. ६ निवासी शालिग्राम उपाध्याय पौडेललाई पूर्णावधि भुक्तानी र प्रदिप पौडेललाई मृत्युदाबी भुक्तानी गरेको हो । फलेवास नगरपालिका वडा नं. ६ निवासी शालिग्राम पाध्या पौडेल पुर्णावधि भूक्तानी वापत रु.१ लाख ८४ हजार ९ सय ६२ रुपया पैसठ्ठी पैसा वरावरको चेक कम्पनीका शाखा प्रबन्धक द्रोणराज पौडेलले हस्तान्तरण गरेका हुन् । निजले १५ वर्ष अघि १ लाख वरावरको सावधिक जिवन वीमा गरेका थिए । त्यस्तै कालगतिले निधन भएका फलेवास नगरपालिका वडा नं. ६ निवासी स्व. दुर्गादेवि पौडेलको मृत्यु दाबी भुक्तानी बापतको एक लाख ४२ हजार १ सय वरावरको चेक मृतकका छोरा प्रदिप पौडेललाई हस्तान्तरण गरिएको छ । मृतक पौडेलले रू. एक लाख बराबरको १५ वर्षे जीवन बीमा गरेकी थिईन । पौडेलले छ किस्ता वापत कम्पनीलाई रू. ३६ हजार बुझाएको कम्पनीले बताएको छ । बिमा अवधि सम्म बिमित जीवित रहेको अवस्थामा बिमित स्वयंले बिमांक र १५ वर्षको बोनस सहित एकमुष्ट रुपमा हाल कायम रहेको बोनस दर अनुसार पनि झण्डै २ लाख रुपया प्राप्त गर्ने र बिमितको निधन भए पश्चात हकवालाले पुन बिमांक रकम १ लाख प्राप्त गर्ने प्रावधान रहेको पौडेलले जानकारी दिए । चेक हस्तान्तरण कार्यक्रममा बोल्दै शाखा प्रबन्धक द्रोणराज पौडेलले फजुल खर्च कटाएर थोरै थोरै रकम जम्मा गरी जीवन वीमा गरेमा निश्चित अवधि पछि पाईने एकमुष्ठ रकमले बुढेसकालको सहारा हुने तथा कुनै भवितब्य परेमा पनि आफ्नै मृत्युपश्चातका कार्यका लागि तथा परिवारका लागि राहात पुग्ने हुँदा सबैले जीवन वीमा गरि आफू र आफ्नो परिवारको भविष्य सुनिश्चित गर्न आग्रह गरेका थिए । स्वर्गीय दुर्गादेवि पौडेलकोे मृत आत्माको चिरशान्तिको कामना गर्दै बीमा कम्पनीले मृत्युलाई रोक्न नसके तापनि अभिभावको मृत्युपश्चात परिवारमा आईपर्ने अर्थिक समस्यामा केहि हदसम्म राहात पुग्ने विश्वाश व्यक्त गर्दै उक्त रकम सदुपयोग गर्न अनुरोध गरे । उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले जीवन वीमा महत्वपूर्ण र अत्यावश्यक भएको बताउदै सबैले यसतर्फ ध्यान दिन सुझाएका थिए । कार्यक्रममा कम्पनीबाट पाएको रकम सही काममा सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा पूर्णावधि भूक्तानी वापत रकम प्राप्त गर्ने शालिग्राम उपाध्या पौडेल र शिक्षक कुल प्रसाद श्रेष्ठ लगायतले बोलेका थिए । कम्पनीका शाखा प्रबन्धक द्रोणराज पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सञ्चालन नेशनल लाईफ इन्स्योरेन्सका कम्पनी लिमिटेडका अभिकर्ता राज कुमार क्षेत्रीले गरेका थिए ।