अनेरास्वियु क्रान्तिकारीका विद्यार्थी नेता नेपाल विद्यार्थी संघमा प्रवेश, माओवादीलाई धक्का

870
views

नवदृष्टि संवाददाता
काठमाण्डौ, २७, श्रावण । कम्युनिष्ट विचारमा संलग्न अनेरास्वियु क्रान्तिकारीका विद्यार्थी नेता नेपाल विद्यार्थी संघमा प्रवेश गरेपछि माओवादीलाई ठूलै धक्का पुगेको छ । काठमाडौंको नेपालटार स्थित एन आर क्याम्पसका अखिल क्रान्तिकारीका सचिव नरेश सेढाँई नेपाल विद्यार्थी संघमा प्रवेश गरेपछि माओवादीलाई धक्का पुगेको हो । सेढाँइलाई एनआर क्याम्पसमा आयोजीत एक कार्यक्रमका बिच नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारी लगायतको टिमले भव्य स्वागत गरेका छन् । उनले नेविसंघबाट खादा र टिका लगाएर नेपाल विद्यार्थीसंघमा प्रवेश गरेका हुन् । नेविसंघमा प्रवेश गरेपछी सेढाईले माओवादी बैचारीक दिशाबाट चुकेको भन्दै काँग्रेसको विद्यार्थी राजनीतिमा लागेर नेपाली काँग्रेसलाई बलियो बनाउन लागिपर्ने बताएको विद्यार्थी नेता पवन थापाले बताए । नेकपा माओवादी केन्द्र निकट अनेरास्वियु क्रान्तिकारीका विद्यार्थी नेता समेत रहेका उनले अब काँग्रेस र माओवादी केन्द्रकाे विचार, नीति, सिद्दान्तमा खासै भिन्नता नरहेकाेले काँग्रेसमा जाँदा फरक नपर्ने भन्दै अन्य नेता कार्यकर्तालाई समेत नेविसंघमा आउन आग्रह गरेका छन् ।