मुस्ताङमा हावाबाट उत्पादित बिजुलीको ओलीद्वारा उद्घाटन, ओली निवास बाल्कोटमा घेराउ

715
views

पर्वत, २८, श्रावण । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हावाबाट बिजुली निकाल्ने आफ्नो सपना पुरा भएको भन्दै मुस्ताङमा हावाबाट उत्पादित बिजुलीको उद्घाटन गर्नुभएको छ । जोमसोममा हावाबाट उत्पादन भएको बिजुलीको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले मुस्ताङ मात्रै नभएर नबलपरासी र हेटौंडामा पनि हावाबाट बिजुली उत्पादन गर्न सकिने बताउनुभयो । आफ्नो योजनालाई हावामा उडाउनेलाई मुस्ताङमा हावाबाट बिजुली उत्पादन भएको हेर्न ओलीको अनुरोध गर्नुभयो । बुद्ध पावर प्रा.लिको पहलमा गत बर्षको बैशाखदेखि शुरु गरिएको निर्माण कार्य १६ महिनापछि सम्पन्न भएको प्रा.लिका प्रबन्ध निर्देशक पुष्पराज तिमिल्सेनाले जानकारी दिनुभयो । अहिले ३ किलोवाट उत्पादन गर्न सकिने भन्दै उहाँले सो लगत्तै जोमसोममै हावाबाट ४० मेघावाटको बिजुली उत्पादन गर्ने जानकारी दिनुभयो ।
डा. केसीका समर्थकले केपी ओलीको घर घेरे
डाक्टर गोविन्द केसीका माग पुरा गर्न दबाब दिँदै विभिन्न दल र संघसंस्थाका कार्यकर्ताले एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट घेराउ गरेका छन् । २० दिनदेखि अनसनमा बसेका डाक्टर केसीका माग पूरा गर्न शीर्ष नेताहरुले नै चासो नदिएको भन्दै सोलिडारिटी फर डाक्टर गोविन्द केसी, विवेकशील साझा पार्टी लगायतका संघसंस्थाले ओली निवास वालकोट घेरेका हुन् । ओली निवासबाहिर चर्को नाराबाजीसहित प्रदर्शन भएको विवेकशील साझा पार्टीका मिलन पाण्डेले जानकारी दिनुभयो ।
प्रचण्डलाई दबाब
डाक्टर केसीका माग पूरा गर्न दवाव दिँदै आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाट घेर्ने भन्दै दबाब दिएको आयोजकले जनाएको छ ।