राजनितिक दलका शिर्ष नेता स्वार्थमा विक्दा स्थानियलाई सास्ती

558
views

विकास राज पौडेल पर्वत २९ साउन जिल्ला मा नयाँ स्थानिय तह पुर्नसंरचना अनुसार २ नगरपालिका र ४ गाउँपालिका रहेका छन । साविक ५५ गाविस रहेको जिल्लामा उत्त संरचना तयार पार्दा पुरानो सिमाना टुक्रिएको एक मात्र साविक कुर्घा गाविस हो । जुन संरचनामा साविक वार्ड नं ७ र ८ लाई महाशिला गाउपालिका र बाकी वार्ड लाई फलेवास नपा मा समावेश गरिएको थियो । जिल्लामा कुश्माका अलावा ईलाका प्रशासन कार्यालय हुवास बाट पनि नागरिकता, पासपोर्ट आदि सेवा प्रदान गरिदै आएको छ । नयाँ संरचनाले साविक कुर्घा ७ र ८ का जनताहरू राज्यले प्रदान गर्ने सेवा सुविधा लिन समस्या र कठिनाई भोग्नु परेको छ । साविक कुर्घा ७ र ८ का जनताले महाशिला गाउपालिका मा समावेश भए बापत सवै दृष्टिकोण बाट पाएक नपर्ने हुवास बाट सेवा लिने उपहार पाएका छन स्थानीय युवा युवराज गुरूङको भनाई छ । ईलाका प्रशासन कार्यालय हुवास जादा यातायात को असुविधा ले १ दिन हिडदै जानू पर्छ भने काम सकेर फर्किदा कम्तीमा ३ दिन समय व्यतित हुनुको साथै आर्थिक भार पनि सोही अनुसार पर्छ जुन कुश्मा बाट सेवा लिदा १ दिनमै सकिन्छ भन्दै राज्य पुर्नसंरचना ले कुर्घा ७ र ८ का जनताको सेवा सुविधा प्राप्त गर्ने सजिलो माध्यम कटौती भएको छ स्थानीय युवा गोविन गुरूङको आक्रोश छ । यस समस्यालाई जनताले चुनेर पठाएका सांसद एंवम् जनप्रतिनिधिहरू, राजनैतिक दल तथा सरोकारवालाहरू मुख दर्शक बनेर जनताको पिडालाई रमिते बनेर हेरिरहेका छन, जनताको समस्या आन्दोलन नगरी कुनै पनि सरोकारवाला निकायले चासो नदिने रहेछन स्थानीय वासीको गुनासो छ