राहत कोषमा पैसा पठाउँदा शुल्क नलिने इजीलिंक रेमिट्यान्सको निर्णय

819
views

नवदृष्टि संवाददाता
काठमाण्डौ, २९, श्रावण । ‘रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौं’ भन्ने मुल नाराका साथ विगत १९ बर्ष देखी देशमा रेमिट्यान्स भित्राउदै आएको कम्पनी इजीलिंक रेमिट्यान्स प्रा.लि. ले जुनसुकै देशबाट रकम पठाउँदा पनि शुल्क नलाग्ने निर्णय गरेको छ ।
तराईमा आएको बाढी र पहाडको पहिरोले विस्थापीत बनेका पीडित घरपरिवारलाई राहात प्रदान गर्ने उद्वेश्यले विभिन्न देशबाट राहत कोषको लागि रकम पठाउदा शुल्क नलाग्ने निर्णय गरेको प्रबन्धक दिपेन्द्र खनालले बताए ।
विदेशबाट पठाएको पैसालाई छिटो छरितो तरिकाले सेवाग्राहीसम्म पुर्याउनका लागि १९ वर्षदेखि मुलुकमा रेमिट्यान्स भित्रयाउँदै आएको इजीलिंक रेमिट्यान्स्ले १५ भन्दा बढी बैंकहरुसँग सम्झौता गरिसकेको छ । सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान देशभरका विभिन्न बैंक तथा वित्तीय संस्थाका साथै निजी कम्पनीसँग रेमिट्यान्स भुक्तानी सम्झौतालाई तिब्र पार्दै गएको उक्त बैंकले देशका घटेको पछिल्लो घटनाक्रमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको प्रवन्धक खनालले जानकारी दिए ।
विश्वका विभिन्न मुलकबाट इजीलिंक रेमिट्यान्समार्फत पठाएको रकम इजीलिंक रेमिट्यान्सका ४ हजार भन्दा बढी एजेन्ट, सब–एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी लिन सकिने उक्त बैंकको व्यवस्थापनले सेवाग्राहीलाई सहजता भएको छ ।