काँग्रेसका दुइ सय सात सांसदको एक महिनाको तलव बाढी पीडितलाई

605
views

नवदृष्टि संवाददाता
काठमाडौं, २९, श्रावण । बाढी र पहिरो पीडितलाई काँग्रेस सांसदले एक महिनाको तलब उपलब्ध गराउने भएका छन् । कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आइतबार बसेको बैठकले पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरुको एक महिनाको तलव बाढीपीडित उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । काँग्रेसका दुइ सय सात सांसदले राहत कोषमा एकमहिनाको तलब दिने भएका हुन् । बाढी पीडितको उद्धार र राहत वितरण कार्यमा जुट्न कार्यकतालाई निर्देशन दिएको छ । बैठकले सरकारको नेतृत्व गरिरहेको दल भएकोले उद्धार कार्यलाई प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्न सरकारको ध्यानाकर्षण समेत गराएको छ ।