चोट लाग्दा आमालाई, जस्को मन रुन्छ‍…

2139
views

-गीत-

-सानु शीतल

चोट लाग्दा आमालाई, जस्को मन रुन्छ !
जहाँ गएनि उसलाई, देशको माया हुन्छ !!

धर्म स‌‌स्कृती भुलेर, लोभमा फेर्दैन धर्म ।
आमा बृदरोगी भनेर, स्याहार गर्नु मान्दैन सर्म ।।

दुख पर्दा आमालाई, जस्को मन दुख्छ ।
जहाँ गएनी उसलाई, देशको माया हुन्छ ।।

दामको पछी लागेर, बच्दैन आफ्नो पन ।
गलत मार्ग धाएर, रेट्दैन आमाको मन ।।

आँसु झर्दा आमाको, जस्को दिल छुन्छ ।
जहाँ गएनी उसलाई, देशको माया हुन्छ ।।

चोट लाग्दा आमालाई, जस्को मन रुन्छ ।
जहाँ गएनी उसलाई, देशको माया हुन्छ ।।

ऋषिङ पाटन तनहुँ  – हाल मरुभूमिको देशबाट