विकास निर्माणका क्रियाक्लापलाई बालमैत्री बनाउन दुईदिने तालिम, खानेपानीका पाईप बोक्छन बालश्रमिक

786
views

नवदृष्टि संवाददाता
पर्वत, ३०, श्रावण । पछिल्ला दिनहरुमा पर्वतमा बालश्रम बढदै गएको छ । स–साना बालबालिकाहरु विद्यालय जानबाट बञ्चितिमा परेका बालबालिकाहरु पनि जिल्लामा भेटिएका छन् । यसै सन्र्दभमा कुश्मानगरपालिकाको आयोजना र संघीय माहिला तथा स्थानिय विकास मन्त्रालय युनिसेफर स्वशासन अध्ययन प्रतिष्ठानको समन्वयमा बालमैत्री स्थानिय शासन सम्वन्धी दुईदिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ । उक्त तालिमको आयोजना भइरहँदा सदरमुकाममा बालश्रमिकहरु यसरी सडकमा काम गरिरहेका थिए । तालिममा बालमैत्री नगरको प्रकृया अघि बढाउन, उनिहरुलाई उत्प्रेरणा जगाउन र विकास निर्माणका कृयाकलापलाई बालमैत्री बनाउन सहयोग पु¥याउने उद्वेश्यले आयोजना गरिएको स्थानिय विकास मन्त्रालयका शाखा अधिकृत एकनारायण वास्तोलाले बताउनु भयो । बास्तोलाले विकासका आयामको मुख्य पाटो मानवीय विकास मुख्य रहेको उल्लेख गर्दै स्थानीय सरकारको दायीत्व चुनौती पुर्ण रहेको बताउनुभयो ।

जिल्लामा बाल श्रमिकहरु व्यक्तिगत काममा मात्र नभई सरकारी काममा पनि प्रयोग भैरहेका छन् । तालिम समापनमा बोल्दै कुश्मा नगरपालिकाकी उप–प्रमुख सीता काफ्ले लामिछानेले बच्चा गर्भमा रहेदेखी हरेक अवस्थामा वाल अधिकार र वाल मैत्री शासनको प्रत्याभुती भएका मात्र सुयोग्य नागरीक हुने भन्दै बाल मैत्री नगर निर्माणमा सबै नगरवासीहरुको भुमीका महत्वपुर्ण रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले तालिम फलदायि रहेको बाएका थिए । कार्यक्रममा कुश्मा नगर पालिकाका कार्यकारी अधिकृत हिरामणी सुवेदीले तालिम फलदायी बनेको बताउनु भयो । तालिममा बालमैत्री शासन व्यवस्था सम्बन्धि डकुमेन्ट्री समेत प्रदर्शन गरीएको थियो । उक्त तालिममा कुश्मा नगरपालिकाका वडा अध्यक्ष, राजनितिक दलका प्रतिनिधी वडा नागरिकमञ्चका प्रतिनिधी, महिला स्वयमसेविका, विद्यालयका शिक्षक, बालक्लब युवाक्लबका प्रतिनिधी र स्थानिय संघसंस्थाका प्रतिनिधी गरि करीब ५० जनाको सहभागिता रहेको थियो ।