सरकारी संयन्त्रबाट राहत वितरण गर्न गृहमन्त्रिको निर्देशन

1180
views

नवदृष्टि संवाददाता
पर्वत, ३०, श्रावण । काठमाडौं स् गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बाढी प्रभावित जिल्लामा गैरसरकारी संस्थाहरुलाई जथाभावी राहत वितरणमा रोक लगाउँदै सरकारी संयन्त्रबाट मात्रै राहत वितरण गरिने बताएका छन् । गृह मन्त्रालयमा सोमबार केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठकमा मन्त्री शर्माले गैर सरकारी संस्थाले दिने नगद तथा जिन्सी सामग्री सरकारी संयन्त्रबाटै वितरण गर्न मुख्य सचिव तथा अन्य सरोकारवाला मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका हुन् ।

‘कुनै संघ संस्था र व्यक्तिहरुले बाढी प्रभावितलाई नगद सहयोग गर्न चाहेमा प्रधानमन्त्री राहत उद्धार कोषमा जम्मा गर्ने ब्यवस्था गर्नुपर्छ’ मन्त्री शर्माले भने,‘गैर सरकारी संघ संस्थाहरुले फिल्डमा गएर सामान बाँड्दा कतै दोब्बर हुने,कतै नपाउने अवस्था आउने हुनाले राहतका लागि आवश्यक सामग्री गृह मन्त्रालयले लिएर एकद्धार प्रणालीबाट वितरण गर्नुपर्छ ।’
मन्त्री शर्माको निर्देशनपछि केन्द्रिय दैवि प्रकोप उद्धार समितिको बैठकले गृहमन्त्रालयका सह–सचिव केदार न्यौपानेको संयोजकत्वमा राहत संकलन संयोजन समिति गठन गरेको छ । राहत उपलब्ध गराउन ईच्छुक गैर सरकारी संस्था तथा व्यक्तिहरुले त्रिपाल, भाँडाकुँडा, दाल, चामल, नुन, तेल जस्ता खाद्य सामग्री राहत संकलन संयोजन समितिसँग समन्वय गरेर उपलब्ध गराउन गृह मन्त्रालयले आग्रह गरेको छ ।
राहत सामाग्री त्रिपाल, भाँडाकुडाँ, खाद्यान्न,दाल, चामल, नुन, तेल, ड्राइफुड लगायत नयाँ लत्ताकपडा उपलव्ध गराउन इच्छुक नीजि कम्पनी, सामुदायिक संघ संस्था तथा व्यक्तिहरुले राहत संकलन संयोजन समितिका संयोजकसंग समन्वय गरी काठमाण्डौं थापाथलीमा रहेको नेपाल खाद्द संस्थानको गोदाम घर वा विश्व खाद्द कार्यक्रम त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको गोदामघरमा मन्त्रालयवाट खटिएका कर्मचारीहरुलाई हस्तान्तरण गरी सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ ।