डुबानबाट जोगाउन बारामा प्रहरीले बनायो वैकल्पिक तटबन्धन, बारामा तीनको मृत्यु, एक वेपत्ता ६०१ विस्थापित

576
views

नवदृष्टि संवाददाता
बारा, ३०, श्रावण । तिन दिनदेखी आएको भारी बर्षाको कारण बारा जिल्लाको जनजीवन कष्टकर बनेको छ । बारामा हालसम्म तीन जनाको मृत्यु, एकजना वेपत्ता, एकजना घाईते र ६०१ घरपरिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न स्थानहरुमा डुबानमा परेकाहरुको उद्धारको लागि प्रहरीको उद्धार टोली खटाएको छ । नेपाल प्रहरीद्धारा डुबानमा परेका व्यक्ति तथा सर–समान, खद्यान्नलाई सुरक्षित स्थानतर्फ सारी डुबान परेका ठाउँमा बगाउन लागेका पेट्रोलपम्प, घर तथा बाटो घाटोलाई जोगाउन डुङ्गा बालुवा बोरामा राखेर तटबन्ध बनाएको जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी नायव उपरिक्षक दिलिप घिमिरेले नवदृष्टिलाई बताउनुभयो ।

 

बारामा दुधौरा खोला, पकैया खोला, पसाहा खोला लगायतका दर्जनौ खोलाहरु बढेर ढुबानमा परेका हुन् । विस्थापितलाई मठ, मन्दिर, विदयालय र खुल्ला चौरमा पाल टाँगेर राखिएको प्रहरीले जनाएको छ ।

 

बारामा पानी घटे लगत्तै घर फर्किन थालेका छन् । प्रहरी टोलीले ढल नालीहरु समेत सफा गरी पानीको वैकल्पिक निकास निकाली डुबान हुनबाट जोगाउने प्रयास गरेको हो । बारा जिल्ला भित्र बाढीको करणले डुबानमा परेका र विस्थापित भएका कुनै मानिस तथा परिवारलाई जिल्ला प्रहरी कार्यालय बारामा सम्र्पक गर्न समेत अनुरोध गरेको छ ।