सैनिकले गरे आफ्नै सहकर्मीको गोली हानेर हत्या

556
views

पोखरा, ३१ साउन । पोखराको फेवाताल किनारमा रहेको रत्न मन्दिरको सुरक्षार्थ खटिएका एक सैनिकले आफ्नै सहकर्मीको गोली हानी हत्या गरेका छन् । दार्चुला घर भई प्युठ पदमा कार्यरत बसन्त लोहारले बैतडी घर भएका गणेश विष्टको सोमबार राति गोलीहानी हत्या गरेको सुरक्षा स्रोतले जानकारी दिएको छ । गोली प्रहार गर्ने लोहार सैनिक नियन्त्रणमा छन् भने मृतकको शव अस्पतालमा राखीएको खुल्न आएको छ । आपसी मनमुटावका कारण गोली हानेको हुनसक्ने स्रोतको दावी छ । पोखराको फुलबारीस्थित सिद्धिबक्स गणले रत्न मन्दिरको सुरक्षा गर्दै आएको छ ।