बाढीपीडितका लागि जुम्लामा राहत संकलन

580
views

नवदृष्टि संवाददाता
जुम्ला, ३१, श्रावण । अविरल वर्षाले धनजनको क्षति भएका पहाडी र तराईका पहिरो तथा बाढीपीडित घरपरिवारका लागि जुम्लाबासीले राहत संकलन गरेको छन् । जुम्लामा एकलाख रुपैयाँ राहत संकलन भएको छ । चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालको नेतृत्वमा र जिल्ला प्रशासन कार्यालय, प्रहरी, कृषि, शिक्षा, पशुसेवा कार्यालयको सहभागितामा रु ५० हजार २००, नागरिक समाज, जुम्लाका संयोजक राजबहादुर महतको संयोजकत्व र युवा क्लबहरुको सहभागितामा २९ हजार ८७० रुपैयाँ, अनेरास्ववियु, जुम्लाले रु १५ हजार ५०० रुपैयाँ, प्रमुख जिल्ला अधिकारीले संकलित रु ५० हजार दुइसय गरी राहत रकम नगरपालिकाका प्रमुख कान्तिका सेजुवाललाई हस्तान्तरण गर्नुभएको छ । सकंलित रकम ग्रहण गर्दै नगरप्रमुख सेजुवालले आज पनि राहत संकलन गर्ने र त्यससँगै नगरपालिकाको केही रकम थपेर जिल्ला दैवी प्रकोप उद्धार कोष, जुम्लाको खातामा जम्मा गर्ने बताउनुभयो । संकलित रकम प्रमुख जिल्ला अधिकारी मार्पःत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाइएको छ ।