टिसिक्क कस्दा जोवान…..

2883
views

–निर्मल पौडेल (एन.पि. घायल )

टिसिक्क कस्दा जोवान भरेको छ मिनिस्कटले ।
गर्नु अनि नगर्नुनी गरेको छ मिनिस्कटले ।।

चिटिक्क जिउडाल उन्को कम्मर मर्काई हिँड्दा ।
लोभि आँखा तेतैतिर तरेको छ मिनिस्कटले ।।

अघाउला खै को यहाँ उनिदेखी सत्यकसम ।
मुखैवाट खल्लोपानि झरेको छ मिनिस्कटले ।।

दोष उन्को होकि कुिन्न त्यो जोवानको भनौँ मैले ।
अचम्म दिउसै रात परेको छ मिनिस्कटले ।।

निर्मल विचार के गरौँ राम्रो हो कि यो नराम्रो ।
कुर्ता सुरवाल गुन्यु चोली हरेको छ मिनिस्कटले ।।
                                                                  फलेवास–७ लिमिठाना पर्वत ।