विप्लव नेतृत्वको नेकपाले गर्याे जनसरकारको नामबाट राहत वितरण

1163
views

नवदृष्टि संवाददाता
चितवन, ३१, श्रावण । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले जनसरकारको नामबाट राहत वितरण गरेको छ । बुढी राप्तीको बाढीबाट डुबानमा परेको रनपा–५ रमाइलोबस्ती बाघमाराका सुकुमबासी बस्तीमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी चितवनले राहत सामाग्री वितरण गरेको हो । नेकपाका चितवन इन्चार्ज लालबहादुर विसी र जनसरकार प्रमुख मिनप्रसाद सापकोटाको नेतृत्वमा २१ घरपरिवार बाढी पीडितलार्ई प्रतिपरिवार एकएक बोरा चामल, दाल, नुन–तेल, भुजा, चिउरा र जीवन जलसहित प्राथमिक उपचारको औषधी समेत वितरण गरिएको हो । नेकपाका चितवन ईन्चार्ज लालबहादुर विसीले बताए ।

कोशी बाँधमा बन्द ढोका खुलाउन विप्लवलाई बम हान्न आव्हान गरिएको भन्दै प्रचार गरिएपनि विप्लव नेतृत्वको नेकपाले सुकुम्वासी बस्तीमा भने राहत वितरण गरेको छ ।