खाडुको बाढी पहिरोले स्थानीयवासी त्रसित

784
views

बाग्लुङ, १, भदौ । बाग्लुङ्गको निसीखोला–२ मा गएरातिको अबिरल बर्षापछि बाहुनगाउँ डाँडाबाट झरेको पहिरो खाडु गाँउमा पस्दा ७ घर पुरिने अवस्थामा रहेको छ । खाडु गाउँमा पहिरो पसेपछि स्थानीयवासी भागाभाग गरेर ज्यान जोगाएका छन् ।
पहिरो खाडुमा पसेर घरहरु डुबाएपछी स्थानीयवासीहरुमा भागदौड मच्चिएको थियो । खाडुवकासी भागेर सुरक्षित स्थानतर्फ गई ज्यान जोगाएो निसीखोला गाँउपालिकाका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिए ।
व्यापारीक केन्द्र जस्तो रहेको खाडुमा इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट गएको प्रहरी टोलीले उद्धार कार्य गरेको थियो । अहिले खोलामा पानीको सतह घट्दै गएपछि खाडुको जनजीवन सामान्य बन्दै गएको इलाका प्रहर िकार्यालय वुर्तिवाङ्गले जनाएको छ । पहिरोले घरहरु पुर्ण रुपमा नपुरे पनि घरको झ्याल ढोका खोल्न नमिल्ने गरि पुरेको थियो । हिानसम्म पहिरो झर्ने क्रम जारी रहेकाले घरहरु पुर्णरुपमा पुरिन सक्ने भन्दै स्थानिय बासिन्दा त्रसित भएका छन ।

पहिरोले स्थानिय दिल बहादुर कार्की, सवराज छन्त्याल, टेक बहादुर कार्की, यम कुमारी कुवँर, हुम बहादुर कार्की र नर बहादुर कार्की लगायतकाको घर पुरिने अवस्थामा रहेको प्रहरीले जनाएको छ । स्थानीयलाई घरभित्र रहेका निकाल्न सकिने समानहरु निकालेर सुरक्षित स्थान तर्फ राखिएको छ ।