सुस्ताबासीले भत्काए नेपाल भारत सिमानाको बाँध

919
views

नवलपरासी, १, भदौ । नवलपरासीका सुस्ताबासीले नेपाल भारत सिमाको बाँध भत्काएका छन् । नहरको बाँधको कारण नेपाल क्षेत्रको भू–भाग डुबानमा परेको भन्दै आक्रोशित सुस्ताबासीले बाँध नै भत्काईदिएका हुन् ।
लामो समय सम्म समस्या समधानको लागि सरकार सँग माग गरेतापनि सरकारले वेवास्ता गरेका कारण आफुहरुले बाँध भत्काउन बाध्य बनेको स्थानीयले जानकारी दिएका छन् । उक्त बाँधका कारण केहिदिन अघि आएको विनाशकारी बाढीको कारण सुस्ता क्षेत्रमा रहेका २६५ सबै घरहरू डुवानमा परेका थिए । संसार न्यूजबाट