जनतालाई दुख्दा प्रचण्ड रोए, बाढी पीडितलाई साथ दिन जनकपुर

825
views

भदौ १, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुर उपमहानगरपालिका वडा नं–१८ भोयलका २०० बाढी पीडित परिवारलाई राहत सामग्री बितरण गर्नुभएको छ ।
प्रचण्डका साथमा नेता मातृका यादव समेत जनकपुर पुग्नुभएको छ । अध्यक्ष प्रचण्डले दुईसय जना बाढी पीडित परिवारलाई चामल, दाल, तेल, नुन, चिनी, चाउचाउ, बिस्कुट लगायतका खाद्य सामग्री राहत स्वरुप बितरण गर्नुभएको हो ।
राहत बितरण गर्दै अध्यक्ष प्रचण्डले नेपालीलाई दुख्दा सिङ्गो देश एक ढिक्का भएको बताउँदै बाढी पीडितको दुखमा साथ दिन आफू जनकपुर आएको बताउनु भयो । प्रचण्डले भन्नुभयो, हिजो पहाडमा भूकम्प आउँदा तराई मधेशले दिल खोलेर सहयोग गर्या े। अहिले मधेशमा बाढी आएको छ, मधेश दुखेको छ । त्यस्तो बेला पहाडका बेला तपाईहरुलाई दिल खोलेर सहयोग गर्न आतुर छन् । अहिले सिङ्गो देश तपाईहरुको पीडाको साथमा छ । सरकार र पार्टीको तर्फबाट तपाईहरुको दुखमा मल्हम लगाउन हरदम तयार छ । राहत र पुनर्स्थापनाका सत्ता पक्ष, प्रतिपक्ष नभनी काम गर्न सबै पार्टीलाई आब्हान गर्दछु । राहत वितरण गर्दा प्रचण्ड भावुक बनेका थिए ।