पोल्याण्डमा रहेको नेपाली रेष्टुरेण्टले बाढी पीडितका लागि सहयोगको पहल थाल्यो

2037
views

पर्वत । पोल्याण्डमा रहेको नेपाली रेष्टुरेण्टले नेपालमा आएको बाढि र पहिरोका कारण पीडित तथा घरबारबिहीनहरुका लागि सहयोगको लागि पहल थालेको छ । बाढी पहिरोका कारण देश शोकमा डुबेको बेला जहाँ छौं, जस्तो छौं, जे सक्छौं त्यो सहयोग गरौं भन्ने उद्धेश्यले ‘सिद्धार्थ नेपाली रेष्टुरेण्ट’ ले यस्तो पहल थालेको हो ।
रेष्टुरेण्टले एक हप्तासम्म रेष्टुरेण्टमा आएर खाने ग्राहक ज–जसले कि–वर्ड ‘बाढी पिडित’ नामको पासवर्ड लिएर आउछन्, उनीहरुबाट बनेका बिलको १० प्रतिशत रकम बाढी पीडितका लागि सहयोग गर्ने निर्णय गरेको छ । साथै कि–वर्ड दिने ग्राहकका लागि समेत बिलमा १० प्रतिशत छुट दिइनेछ ।
रेष्टुरेण्ट सञ्चालक कमल अमागाइ तथा जनरल मेनेजर श्रीकृष्ण न्यौपानेले भनेका छन्, ‘ आउनुस्, स्वादिष्ट खानाले पेट भर्नुस् साथी बाढीपीडितको पनि पेट भराउनका लागि सहयोग गर्नुहोस् । त्यतिमात्र कहाँ हो र आफूपनि छुट लिनुहोस् ।
उनीहरुका अनुसार उक्त सहयोग प्रक्रिया २१ अगस्त सोमबार सम्म रहनेछ । साथै संकलित रकम एनआरएनए पोल्याण्डलाई हस्तान्तरण गरिने पनि बताइएको छ । सन्सार न्यूज