लोकप्रियता बढाउन दर खुवाए सांसद जोशीले

1079
views

महेन्द्र जिसी
पर्वत, १, भदौ । व्यवस्थापिका सांसद अर्जुन प्रसाद जोशीले लोकप्रियता बढाउन दरखाने कार्यक्रम गरेका छन् । मोदी गाउँपालिकामा कुश्मा नगरपालिकाका सबै वडाका महिलाहरुको सहभागितामा उनले दरखाने कार्यक्रमको आयोजना गरी दर खुवाएका हुन् । जोशीले तिज पर्वलाई हिन्दुहरुको पर्व भन्दै दरखाने कार्यक्रमको आयोजना गरेको बताए । उनले विकासका हरेक गतिविधिमा महिलाहरुको सहभागिता हुनुपर्ने बताए । उनले भने ‘समाजका महिला पुरुष एउटै रथका दुई पाङग्रा हुन् ।’ जोहीले समाजमा महिलाको अधिकार पुरुषको भन्दा कम नभएको उल्लेख गरे । स्थानीय निकाय कार्यानवयनमा आए तर,सदरमुकाम केन्द्रीत कार्यक्रममा असन्तुष्टी जनाए । सांसद विकास कोषको रकम जनताको भन्दै उनले आगामी बजेट महिलाहरुको क्षेत्रमा खर्चिने उद्घोष गरे । कार्यक्रममा कुश्मा नगरपालिकाकी उपमेयर सीता काफले लामिछानेले हरेक पर्वहरुलाई विकास र सक्षमतामा बदलेर मनाउनुपर्ने बताईन् । उनले नेतृत्व विकासमा लाग्न आग्रह समेत गरिन् ।