बार्सिलोनामा आतंककारी आक्रमणमा १३ जनाको मृत्यु

1855
views

बार्सिलोना । स्पेनको बार्सिलोनामा आतंककारी आक्रमण हुँदा १३ जनाको मृत्यु भएको छ। आतंककारीले सडकमा भ्यान आक्रमण गरेका थिए। लगत्तै आतंककारीको अर्को प्रयास भने प्रहरीले विफल पारेको छ । प्रहरीले क्याम्ब्रिल्स शहरमा ५ आक्रमणकारीलाई गोली हानी मारेका छन् ।
पहिलो घटनालगत्तै प्रहरीले सर्वसाधारणहरूलाई सडकमा नआउनका आग्रह गरेको थियो । पहिलो घटनालगत्तै प्रहरीले अपरेशन सुरु गरेको थियो । जसमा पड्काइएको गोली सर्वसधारणले सुनेको बीबीसीले जनाएको छ ।
बिहीबार बार्सिलोनाको लस र्याम्बस सहरमा भएको भ्यान आक्रमणमा दर्जनौं घाइते भएका छन् । पर्यटक तथा स्थानीयहरूको भीडमा भ्यान जोताइँदा मानिसहरू भागदौड गरेका थिए। स्पेनका प्रधानमन्त्री मारिया राजायोले जिहादी आक्रमणको संज्ञा दिएका छन् ।
आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिएको छ। आक्रमणबारे विश्वका नेताहरूले भर्त्सना गरेका छन् । ब्रिटेनकी प्रधानमन्त्री टरिजा मे र अमेरिकी राष्ट्रपनि डोनाल्ड ट्रम्पले उक्त आक्रमणको भत्र्सना गर्दे आफूहरू सधैं स्पेनको साथमा रहेको बताएका छन्। जर्मन चान्सलर तथा फ्रान्सका प्रधानमन्त्रीले पनि आक्रमण घिनलाग्दो भएको बताएका छन् । नागरीकबाट साभार