धनुषाबाट नेकपाका चार नेता कार्यकर्ता पक्राउ, सत्तारुढ दल माओवादी केन्द्रप्रति आक्रोष

803
views

धनुषा, २, भदौं । शसस्त्र युद्धका बेला मारिएका सहिद रामवृक्ष स्मृति सभामा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका चार नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । सत्तारुढ दल माओवादी केन्द्र र नेकपाको कार्यक्रम स्थल जुधेपछि भएको झडपमा प्रहरीले केकपाका कार्यकर्ता पक्राउ गरेको हो । झडपलाई नियन्त्रणमा लिनका लागि नेकपाका चार नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको जनाइएको छ । पक्राउ पर्नेमा नेकपाका केन्द्रीय सदस्य एवं जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेल, वैकल्पिक केन्द्रीय सदस्य देवनारायण शाह लगायतका रहेको जनाइएको छ ।
शुक्रबार विहान धनुषाको बर्मझियामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आयोजना गरेको सहिद रामवृक्ष स्मृति सभाबाट नेकपाका नेता कार्यकर्ता पक्राउ परेको नेकपाले जनाए । उक्त घटनामा प्रहरीले दुवै पक्ष मिलेर कार्यक्रम गर्न आग्रह गर्दागर्दै झडप भएको थियो । नेकपाले चावहिलबाट पक्राउ परेका काठमाण्डौ व्यूरो ईन्चार्ज माईला लामा लगायत धनुषामा गिरफ्तार नेता कार्यकर्ताको रिहाईको माग गर्दै पार्टी प्रवक्ता खडक बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ द्धारा जारी विज्ञप्तीमा जनाइएको छ । नेकपाले सत्तारुढ दल माओवादीप्रति आक्रोष व्यक्त गरेको छ ।