अन्तर्रा्ष्ट्रिय झापाली समाजद्वारा बाढीपीडितलाई राहत बितरण

2056
views

झापा, २, भदौ  । हालै आएको बाढीका कारण प्रभावित भएका झापाका बाढीपीडितलाई अन्तराष्ट्रिय झापाली समाजले राहत बितरण गरेको छ 
समाजका प्रतिनिधिहरुले साउन ३१ गते बारदशी गाउँपालिका अन्र्तगत पर्ने चकचकी र बिहीबारेका १ सय बाढीपीडितलाई राहत बितरण गरेको छ । यो क्षेत्रमा घाग्रा खोला र बिरिङ खोलामा आएको बाढीले ठूलो क्षति र्पुयाएको थियो ।
बिरिङ खोला र कमल खोलाको बाढीले ठूलो क्षति र्पुयाएको थियो । यसैगरी भाद्र २ गते झापा गाउँपालिका वडा न ७ को मदरसामा राहत बितरण गरिएको छ ।
समाजले प्रतिपरिवार २५ किलो चामल, ५ किलो दाल, ५ लिटर तेल, ५ किलो चिनी र २ किलो नुन गरी एक परिवारका लागि २ हजार ८ सय ५० रुपैयाँ बराबरको राहत सामाग्री बितरण गरेको छ ।
जिल्ला बिपत ब्यबस्थापनको आग्रह र सिफारिस, झापा रेडक्रसको समन्वय र नेपाली सेना तथा नेपाल प्रहरी र शसस्त्र प्रहरी एवं जनप्रतिनिधिहरुको सक्रिय सहयोगमा राहत बितरण गरिएको हो ।
१८ देशमा फैलिएको झापालीहरुको साझा संस्था अन्तराष्ट्रिय झापाली समाजमा आबद्ध सदस्यहरुले संकलन गरेको राहतलाई समाजका अध्यक्ष भवानी ओलीको संयोजनमा बितरण गरिएको हो ।