बाग्लुङको बलेवाका लागी आयो दक्षिण एशियाकै नौलो हेलिकप्टर, अर्को हप्ता उडान

1193
views

काठमाडौँ ३, भदौ । हेली एयर नेपालले बाग्लुङको बलेवाका लागी नेपाल नागरिक उड्ययन प्राधिकरणबाट लाईट हेलिकप्टर उडानको अनुमति पाएको छ । दक्षिण एशियामै पहिलोपटक नेपालमा शुरु हुन लागेको लाईट हेलिकप्टरको उडानका लागी शुक्रबार हेली एयर नेपालले अनुमति पाएको हो । उडान अनुमतिको स्विकृत पाएको हेली एयरले बाग्लुङको बलेवा विमानस्थललाई बेस बनाएर भदौं दोस्रो सातादेखी उडान थाल्ने छ । गएको बैशाखमा दुईवटा ’लाइट’ हेलिकोप्टर ल्याएपनि हेलीएयरले उडानका लागी भने ४ महिनापछिमात्रै अनुमति पाएको हो ।

एकजनामात्रै बस्न मिल्ने यो हेलिकप्टरलाई बिशेषगरि पर्यटकहरुलाई सुन्दर दृश्यअवलोकनका लागी प्रयोग गर्न उदेश्यले शुरुवात गरिएपनि साँघुरो क्षेत्रमा उद्धारका लागी समेत उपयोगी हुने हेली एयरका धर्मराज बतौंलाले जानकारी दिए ।अहिले २ वटा लाईट हेलिकप्टरमात्रै ल्याएर उडान अनुमति लिएको हेलिएयर छिट्टै थप २ वटा ठुला हेलिकप्टर ल्याउने योजनामा रहेको हेलिएयरका रोनन लामिछानेले बताए ।
यो हेलिकोप्टरमा एक जना मात्रै यात्रु बस्न मिल्छ । बाग्लुङको बलेवा विमानस्थललाई आधार बनाएर उडान गर्नेछ यो लाईट हेलिकप्टरबाट आन्तरिक तथा वाह्य पर्यटकलाई माउण्टेन फ्लाइट र अन्य दृश्यावलोकन मात्रै गर्न सकिने लामिछानेको भनाई छ । झट्ट फोटोमा हेर्दा ठुलो ड्रोन जस्तो देखिने लाईट हेलिकप्टर अत्याधुनिक प्रविधीमा आधारित भएकोले एकदमै सुरक्षित र विषम परिस्थितिमा समेत जतासुकै ल्याण्ड गर्नसक्ने छ ।
पश्चिमाञ्चलको पोखरा र यसआसपासमा लोकप्रिय गृहलक्ष्मी ग्याँस बिक्रेता गृहलक्ष्मी समुहका अध्यक्ष बतौंला र बेलायतको अध्ययान सकेर फर्केका स्याङजाका लामिछानेको लगानीमा नेपाल भित्राइएको फ्रान्समा निर्मित यो हेलिकप्टर दक्षिण एशियामै नौलो हेलिकप्टर भएको हेली एयरको दाबी छ ।

-टिभि अन्नपुर्णबाट