पुरस्कृत भए ‘वाटसप‘ नेपाली ताहराहरु

2151
views

काठमाण्डौं, ३, भदौ । राजधानीमा एक समारोहकाबीच ‘वाट्सप नेपाली तारा सिजन–१’ प्रतियोगिताका विजेता कलाकारहरूलाई पुरस्कृत गरिएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव एवम् वरिष्ठ गायक गणेश रसिकले कलाकारहरुलाई पुरस्कार वितरण गुर्नभएको हो ।
रसिकले नेपाली गीतसङ्गीतका क्षेत्रमा वाट्सप नेपाली ताराले इतिहास रचेको भन्दै विजेता गायक प्रतिभाहरूले भविष्यमा प्रगति हासिल गरुन भन्ने कामना गरे ।
‘वाट्सप नेपाली तारा सिजन–१’ का परिकल्पनाकार एवम् किराया मकाउका सचिव नवीन राईले अनलाइनमार्फत् गायन प्रतिभाको खोजी गर्ने उद्देश्यले ‘वाट्सप नेपाली तारा’ कार्यक्रम सञ्चालन गरेको बताए । प्रतियोगिताका मुख्य निर्णायक गायक तथा सङ्गीतकार मनोज साङसोनले छरिएर रहेका सयौँ नेपाली प्रतिभाहरूलाई अनलाईन मार्फत गोलवद्ध गरेको बताए । प्रतियोगी मध्ये कोरियामा कार्यरत भोजपुरका सुरेन बान्तवा प्रथम, पुरस्कार ३० हजार र प्रमाणपत्र, भोजपुरकै विनोद बान्तवा द्धितीय २० हजार प्रमाणपत्र र संखुुवासभाका अमर राई तृतीय ले २० हजार प्रमाणपत्र पाएका छन् ।