लिमिठानामा लालीगुँरास आमा समुहको दर खाने कार्यक्रम सम्पन्न

949
views

विकास राज पौडेल पर्वत भदौ ४ । लालीगुँरास आमा समुह फलेवास नगरपालिका–७ लिमिठानामा मा रहेको लालीगुँरास आमा समुहको आयोजनामा शुभकामना आदाप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।
महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रम सम्पन्न भएको हो । साविक लिमिठना गाविस वडा न ९ का महिलाहरुले स्थानिय देविस्थान मन्दिरको प्राङ्गणमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै फलेवास नगरपालिका ७ का महिला वडा सदस्य प्रमिला पन्तले महिला दिदीबहिनी हरुबीच आपसी सद्भाव र भाईचारा को विकास गर्नका लागि हरितालिका तीजको महत्वपुर्ण योगदान रहेको बताउनुभयो । साथै लालीगुँरास आमा समुहका सचिव सावित्री रिजाल र अन्य महिला दिदि वहिनीले विकास निर्माणका काममा हरेक तहवाट महिला र पुरुष मिलेर जानु पर्नेमा जोड दिएका छन ।
कार्यक्रममा वडाका विभिन्न राजनितिक दलका प्रतिनिधी वुद्दिजिवी समाजसेवी लगायत ३५ जना महिला दिदि वहिनिको उपस्थिती रहेको थियो भने उक्त कार्यक्रमको सञ्चालन लालीगुँरास आमा समुहकी अध्यक्ष मञ्जु पन्तले गर्नुभएको लिमीठाना वाट मन्जु पन्तले जानकारी दिनुभयो ।