मेरा बा

3826
views

-कविता-
आफ्ना सयौँ इच्छाहरु
अन्तरमनको सुनौलौ जिन्दगीमा कल्पनाका खुशीहरु र जोश जाँगरले टन्न भएको
जवानीले रन्न भएको मस्तिष्कले बुढेसकालको
सहारा र पाइला चाल्दै सजिलै संसार देख्नलाई बँशजको बीज रोप्नुभएका मेरा बा महान हुनुहुन्छ ।
हो महान हुनुहुन्छ जवान हुनुहुन्छ अजम्वरी हुनुहुनेछ त्यो आकाश यो पाताल रहुञ्जेल ।
किनकी,
तपाइँको जवानी अन्यायको विरुद्द लडिरहेछ
अत्याचारको विरुद्द
सफलताका खुड्किलाहरु चढिरहेछ मेरा बा ।
हो यो लेखाई तपाँइको हो
यो बोली तपाँइकै हो
श्वास तपाइँकै हो
यो प्राण, यो मुटु, यो धड्कन, यो कलेजी, यो किड्निी, यो मस्तिष्क यो रगत यो मैले मेरो भन्ने सबथोक तपाँइकै हो बा ।
म कति ऋणी छु बा, जुन मैले हजुरको यो ऋण सयांै लाखौँ अरबौँ जन्मसम्म पनि केहि गरी फिर्ता गर्न सक्दिन बा
सक्छु त केवल लक्ष्यमा पुग्न सकेँ भने एउटै कुराले तिरम्ला हो यो निर्मलको अगाडि तपाँइको नाम लेखाएर
यो कलियुगमा हजुरको आर्दशता
हजुरकै सत्यता
हजुरकै इमान्दारिता
हजुरकै प्रगतिशिलता
हजुरकै इज्जत
हजुरकै प्रतिष्ठा
हजुरके कर्मनिष्ठता
हजुरकै धैर्यता
हजुरकै लगनशिलता
हजुरकै अनेकन विवेकशिलता
हजुरकै करुणा र हजुरकै मायाका यथार्थता निष्पक्षता लेखाएर हो बा ।
दुनियाँमा छाति फुलाएर मैले रगमञ्चमा लगाउने माला र खादा हजुरले नै लगाउनु भएको हो बा
मैले चाल्ने सत्मार्गका हरेक पाईला तपाँइले नै चाल्नुभएको हो बा
मै खोल्ने हरेक मुस्कानका हरेक झोकका झोक्कामा हजुरकै जवानी हाँसीरहन्छ बा
मैले निकाल्ने सँगितका धुनहरुमा हजुरकै स्वराग टाँसीरहन्छ बा
मैले लेख्ने हरेक अक्षरहरुमा हजुरकै सम्वन्ध गाँसिरहन्छ बा
मैले गर्ने हरेक अभिनयमा हजुरकै नवरस वासीरहन्छ बा
मैले जोड्ने हरेक सम्वन्धहरुमा हजुरकै मित्रता साँचिरहन्छ वा
म जे गर्नेछु केवल हजुरकै लागि गर्नेछु
हो बा तपाईकै आर्शिवादले बाँचिरहेछु ।
अन्तरमनमा जीवनका अनेकन जिन्दगीहरुलाई जीउँदै अमुर्त गराएर
मनका रित्त भाँडाहरु
यो प्रकृतिका भित्ता डाँडाहरुमा नामले उकुसमुकस गराएर
पाईला पाईलाका तिखा र विषालु काँडाहरु पन्छाउँदै टढाएर बाँचिरहनेछु वँचाइरहने छु ।
रोएर पनि सारा हसाईरहनेछु ।
त्यसैले,
आफ्नै सत्प्रेमले हासिरहनु बा
सँधै वरदान दिईरहनु बा
यो तपाईको पुत्र भएर जन्मन पाउने भाग्यमानी म सदियौं युग तपाईकै पुत्र भएर अनौठो सन्सार देख्न पाउँ ।
मेरा भगवान, मेरा पिता र मेरी माता ।
यो शिरमा सँधै हात राखिरहनु,
म सँधै पाउमा शिर धसाईरहने छु हजुरहरुकै ‘।।
निर्मल पौडेल एन पी घायल फनपा–७ लिमिठाना, पर्वत ।