बाढीपिडितलाई कतार रेड कृषियण्टद्वारा करिब ३ करोड सहयोग

1946
views

कतार । नेपालीहरुको लागी काम दाम र माम मात्र होइन नेपालीहरुको पीडामा पनि उत्तिकै मल्हम पट्टिको काम गर्ने देश हो । करिब चारलाख बढि नेपालीहरुको रोजगारीको स्थल कतार मध्यपश्चिमको सानो देश भईकन आर्थिक उन्नती र बिकासमा धेरै अगाडी रहेको छ । शान्त अनि शहयोगी मनका धनि कतारीहरु कहिले आफ्नो कम्पनी मार्फत कामदारहरुलाई उनिहरुको जिबनस्तर उकास्न उपहार स्वरुप रकम उपलब्ध गराउँछ भने कहिले बिभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्छ ।
नेपालमा गतसाल गएको बिनाशकारी भुकम्पमा कतारले उल्लेख्य शहयोग गरेको थियो भने यस बर्षको प्राकृतिक प्रकोप बाढिमा पनि कतार रेड कृषियण्टबाट दुईलाख पचासहजार अमेरीकी डलर करिब पौने तिन करोड नेपाली रुपैयाँ सहयोग गर्ने कुरा आफ्नो आधिकारीक फेशबुकमार्फत गराएको छ । साथै प्रभाबितहरुको पुनस्र्थापनाका लागी क्यु डि डि सि फण्ड फर डेभलपमेण्टसँग सहकार्य गर्दै सघाउने पनि जारी बिज्ञप्तीमा उल्लेख छ ।
साथै यसै सिलसिलामा अगष्ट २२ बुधबारका दिन एउटा बिशेष प्रतिनिधिमण्डल नेपाल प्रस्थान गर्दैछ । कतारस्थित रेडकृषियण्टका कार्यकारी निर्देशक युसुफ अल सादासँग वहाँकै कार्यकक्षमा सामाजिक अभियन्ता तथा राष्ट्रिय मानब अधिकार समिति कतारका नेपाली सञ्योजक बरिष्ठ ब्यक्तित्व प्रोफेसर रमजान अलि मियाँको नेतृत्वमा भेटघाट सम्पन्न भएको थियो ।
उक्त भेटमा महिला समाज कतारकी अधक्ष्य सुस्मिता भुसाल, प्रबासी मञ्चका अब्दुल हाफिज मियाँ,ब्याकसायी मुक्तदा मुसलमान, राष्ट्रिय लोक दोहोरी गायिका देबिका केसी, एभरेष्ट युथ क्लबका अध्यक्ष उत्तम गुरुङ लगायतको उपस्थिती रहेको थियो । सन्सार न्युज बाट