एमालेका कारण संविधान संशोधन विध्येक फेल भएको माओवादी केन्द्रको निष्कर्ष

781
views

काठमाडौँ, ६, भदौ । संविधान संशोधन विध्येक फेल हुनुको मुखय दोष प्रमुख प्रतिपक्षि दल एमालेलाई लगाउँदै नेकपा माओवादी केन्द्रले एमालेको दम्भका कारण संविधान संशोधन विधेयक फेल भएको निष्कर्ष निकालेको छ ।
अध्यक्ष प्रचण्ड निवासमा बसेको माओवादी केन्द्रको बैठकले एमालेकै भूमिकाका कारण संशोधन विध्येक फेल भएको निष्कर्ष निकालेको हो । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता पम्फा भुसालले राष्ट्रलाई एकतावद्ध गर्ने विधेयक फेल हुनु दुर्भाग्यपूर्ण भएको बताइन् । ‘संविधानको स्वीकार्यता बढाउने र राष्ट्रलाई एकताबद्ध राख्ने खालको प्रस्ताव एमालेका कारण परित हुन सकेन’, उनले भनिन्, ‘संविधान कार्यन्वयनमा सहयोग यो प्रस्ताव फेल हुनु नेपालको राजनीतिकका लागि दूर्भाग्यपूर्ण छ ।’ बैठकले बाढी–पहिरो पीडित परिवारलाई तत्काल राहत, उद्धार र पुनःस्थापनका लागि सरकारसँग माग समेत गरेको छ । बैठकले पीडित परिवारलाई तत्कालीन राहत एक लाख, मृतक परिवारलाई तीन लाख र क्षतिपूर्ति तथा पुनःस्थापनाका लागि रु पाँच लाख उपलब्ध गराउन माग गरिएको प्रवक्ता भुसालले जानकारी दिइन् ।
त्यसैगरी स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा पार्टीको सम्पूर्ण पंक्ति परिचालन गर्ने पनि निर्णय गरेको उनले जानकारी दिइन् ।