सडकमा सवारी नचल्दा डोकोमा बिरामी, नगरपालिका भन्छ दशैंमा गाडी चल्छन्

1345
views

महेन्द्र जिसी
पर्वत, ८, भदौ । निरन्तरको बर्षासँगै सडकको अवस्था अस्तव्यस्त भएपछि ग्रामिणवासी डोकोमा बिरामी बोक्न बाद्य छन् । अहिले जिल्लाका ग्रामीण भेगमा सवारीका कुनैपनि साधनहरु चल्नसकेका छैनन् । पर्वतको दक्षिणी भेगलाई सदरमुकामदेखी विकट मानिदै आएको छ । सोही भेगका सर्वसाधारणहरु बिरामीलाई अस्पतालसम्म पु¥याउन डोकोमा बोक्नुपर्ने बाद्यतामा छन् । भने विग्रेको सडक मर्मतमा फलेवास नगरपालिका रमिते बनेको छ ।
उक्त सडकको स्त्तरउन्नतिका लागि फलेवास नगरपालिकाले बारम्वारको आश्वासन पछि दशैसम्मा गाडी चल्ने जनाएको छ । फलेवास नगरपालिकका मेयर पदमपाणि शर्माले नगरभरिका सडकको समस्या समान भएकाले सबैतिर एकैपटक काम गर्न नसकिने भएकोले दशैंसम्ममा गाडी चल्ने बताए । गएको जेष्ठ महिनादेखी दक्षीणी भेगमा सवारीका साधनहरु गुड्न सकेका छैनन ।
सडकमा सवारीका साधन गुड्न छाडेपछि ग्रामीण भेगमा उत्पादित तरकारी र दुधजस्ता दैनिक उपभोग्य समाग्रीहरु समेत बजारमा पु¥याउन हम्मे हम्मे परेको छ । सदरमुकाम कुश्मादेखी दक्षिणी भेग जोड्ने मुख्य सडक फलेवास–कुर्घा–लमाए देखी दक्षीणी भेग पुग्ने सडकको स्तरोन्नती नहुँदा स्थानीयहरुले सास्ती भोग्न बाद्य बनेका हुन् ।
सडक विग्रिदा ग्रामीण भेगमा सञ्चालीत दुग्ध सहकारीको दूधसमेत फलेवास नगरमा नियमीत ल्याई पु¥याउन समस्या भएको स्थानीयको भनाई छ । स्थानीय शोभा शर्माका अनुसार गाउँमा बिरामी पर्दा डोकोमा बोकेर बजार ल्याउनुपर्ने बाद्यतासँगै गाई बस्तुलाई चापट तथा गाई बस्तुको उपचार गराउन समस्या भएको छ । गाई फार्म सञ्चालक समेत रहेकी शर्माले वर्षाले सडकको अवस्था विग्रिएको बताईन् । उनले भनिन् ‘लमाएखोला–पिप्ले सडकको बयरडाँडा खण्डमा नियमीत जम्ने हिलोको कारण सवारीका कुनैपनि साधनहरु गुड्न नसक्दा समस्या परेको छ ।’
सडक बर्षाले भत्क्यायो, सवारीका साधन गुडन् सक्दैनन्, सम्बन्धित निकाय मौन छ, यस्तो सडकमा सवारी साधन गुडाए दुर्घटनाको जोखिम छ, गाउँमा बिरामी हुँदा डोकोमा बोकेर उपचार नगरे के गर्ने ? स्थानीय जिप चालक बुद्धबहादुर नेपालीको भनाई छ ।
सवारी धनिहरुले समेत विग्रेको सडकमा सवारीका साधन चलाउन मान्दैनन् । सवारीका साधन चलाएपनि कठिनको यात्रा गर्नुपर्ने सवारीधनिहरुको भनाई छ । सडक मर्मतका लागि तत्कालीन जिविस र हाल नगरपालिकामा पटक–पटक जानकारी गराउँदा पनि नगरपालिकाले वेवास्था गर्ने गरेको स्थानीयको गुनासो छ । उक्त सडक निर्माण उपभोक्ता समितिकी सदस्य देवी शर्माले सडक मर्मत र स्तरवृद्धिका लागि सरोकार निकायसँग गुहार मागेको भएपनि आस्वासन मात्र पाईने गरेको बताइन् ।