नेपाल र भारतबीच आठ वटा समझदारी पत्रमा हस्ताक्षर

665
views

नवदृष्टि संवाददाता
काठमाडौं, ८, भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भ्रमणमा नेपाल–भारतबीच विभिन्न क्षेत्रका आठवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालको पुनर्निर्माणका लागि भारतले प्रतिबद्धता जनाएको २५ करोड अमेरिकी डलर (करिब २५ अर्ब रुपैयाँ) अनुदान सहयोग परिचालनका लागि चार विधामा समझदारीपत्रमा हस्ताक्षर भएको हा । स्वास्थ्य, सांस्कृतिक सम्पदा र शिक्षा क्षेत्र क्रमशः पाँच, पाँच करोड अमेरिकी डलर र भूकम्पपीडितका घर निर्माणका लागि १० करोड अमेरिकी डलर (१० अर्ब रुपैयाँ) खर्च हुनेछ । यसैगरी,गुणस्तर तथा नापतौलसम्बन्धी, एसियाली विकास बैंकको सहयोगमा सञ्चालित दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) कार्यक्रमअन्तर्गत मेची पुल निर्माण र लागुऔषध ओसारपसार नियन्त्रण समझदारीका थप विषय हुन् ।
दुई मुलुकका गुणस्तर तथा नापतौल निकायबीच हुने समझदारीले नेपालले गुणस्तर चिह्न दिएका वस्तुलाई भारतले मान्यता दिने र भारतले गुणस्तर चिह्न दिएका वस्तुलाई नेपालले मान्यता दिने परिपाटी निर्माण हुने अपेक्षा छ । समझदारीबाट दुई देश जोड्ने मेची पुलको विस्तार र स्तरोन्ति हुनेछ ।
नेपाल र भारतको चाटर्ड एकाउन्टेन्टबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उनका समकक्षीले पनि ढल्केबर(मुजफ्फपुर प्रसारण लाइन (४०० केभी) मार्फत ८० मेगावाट बिजुली नेपाल पठाउन संयुक्त रूपमा स्विच थिचेर सुरु गरेका थिए ।