मेक्सिकोसँगको सीमानामा पर्खाल बनाउन बजेट नदिए सबै गतिविधि ठप्प पार्ने ट्रम्पको धम्की

2111
views

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसदले मेक्सिकोसँगको सीमानामा पर्खाल बनाउने बजेट नदिएमा सरकारका सबै गतिविधिलाई ठप्प पार्ने भन्दै धम्क्याएका छन् । एरिजोना राज्यको फिनिक्समा ‘मेक अमेरिका ग्रेट अगेन’ ¥यालीमा समर्थकलाई सम्बोधन गर्दै ट्रम्पले विपक्षी डेमोक्रेटिक सांसदले अवरोधकको भूमिका खेलिरहेको आरोप लगाएका छन् । मेक्सिकोबाट आउने अवैध आप्रवासी रोक्न पर्खाल लगाउने ट्रम्पको विवादास्पद योजनाका लागि संसदले रकम छुट्याउनुपर्ने हुन्छ । यद्यपि यसका लागि डेमोक्रेटिक सांसदहरुको सहयोग चाहिन्छ ।
आफ्नो ८० मिनेट लामो भाषणाका क्रममा उनले सञ्चारमाध्यमलाई समेत अति दक्षिणपन्थीलाई मञ्च प्रदान गरेको समेत आरोप लगाए । हालै भएको एक अति दक्षिणपन्थीर्को यालीका क्रममा एक महिलाको मृत्यु भएपछि उनले विवादित टिप्पणी गरेका थिए ।
उनले भर्जि्नियाँको सोलार्ट्स्भिलेमा भएको हिंसाका लागि सबै पक्ष जिम्मेवार रहेको आरोप लगाएपछि त्यसको चर्को आलोचना भएको थियो । ट्रम्प अवैध रुपमा अमेरिका प्रवेश गर्ने मानिसहरुलाई रोक्नका लागि मेक्सिकोसँगको सीमामा ठूलो र सुन्दर पर्खाल लगाउन संसदले साथ देओस भन्ने चाहन्छन् ।
तर यसका लागि डेमोक्रेटिक सांसदहरु सहमत हुने सम्भावना निकै कम छ । आफ्नो भाषणमा ट्रम्पले भने, ‘डेमोक्रेट सदस्यहरु पर्खाल बनाउने योजनाको विरोध गरेर अमेरिकाको सुरक्षालाई खतरामा पारिरहेका छन् ।’
उनले भने, ‘यदि आवश्यक प¥यो भने सरकारलाई ठप्प पार्ने खतरा उठाउन समेत तयार छु ।’ संघीय सरकारका वित्तीय मामलासँग जोडिएका कुनै विधेयक कंग्रेसबाट पारित नभएको अवस्थामा अत्यावश्यक बाहेक सरकारका सबै सेवा ठप्प गराएर पनि बजेट पास गराउने उनले तयारी गरेका हुन् ।