नेपाल साफ च्याम्पीयनसीपको फाइनलमा बंगलादेशसामू ४-२ को जित

2119
views

काठमाडौ । १५ वर्ष मुनीको साफ च्याम्पीयनसीप फुटबलमा नेपाल फाइनलमा प्रवेश गरेको छ । शुक्रबार दिउँसो भएको सेमिफाइनलमा बंगलादेशलाई ४–२ ले हराउदै नेपाल फाइनल प्रवेश गरेको हो । उता भारतले आजै भुटानलाई २–० ले हराउँदै फाइनलमा पुगेको छ । प्रतियोगिताको सेमिफाइनलमा नेपालले बंगलादेशविरुद्ध तीन गोलको अग्रता लिएपनि दोस्रो हाफमा बंगलादेशले दुई मिनेटमा दुई गोल नै गरेर तीन शून्यको अग्रतालाई तीन–दुईमा सीमित पारेको थियो ।