सामसुङका मोबाईल धरापमा, कार्यवाहक अध्यक्षलाई पाँच वर्ष जेल

1975
views

एजेन्सी, ९, भदौ  । मोबाइल फोन उत्पादक कम्पनी सामसुङका एकजना वरिष्ठ अधिकारीलाई जेल सजाय हुने भएको छ । दक्षिण कोरियाको सोलस्थित एक अदालतले भ्रष्टाचार गरेको ठहर गर्दैै सामसुङका कार्यवाहक अध्यक्ष ली जाय योङलाई पाँच वर्षको जेल सजाय तोकेको हो । उनी संलग्न भ्रष्टाचारको मुद्दाले नै दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क ग्युन हेमाथि महाअभियोग समेत लागेको थियो । भ्रष्टाचारको आरोपमा लि गएको फेब्रुअरीमै पक्राउ परेका थिए । लिमाथि एक गैरसरकारी संस्थालाई राजनीतिक लाभका लागि झण्डै ३ करोड ६० लाख अमेरिकी डलर बराबरको सहयोग गरेको आरोप लागेको हो । लिले भने आफूमाथि लागेका सबै आरोपको खण्डन गर्दै आएका छन् । लिका वकिलले अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएका छन् ।