लिमिठाना ततायो हरितालिका तिजले, बिबिध कार्यक्रमकाबिच तिजगित प्रतियोगिता सम्पन्न

2564
views

लक्ष्मण बिश्वकर्मा

पर्वतको फलेवास नगरपालिका ७ लिमिठानामा हरीतालिका जितको अवसरमा बिबिध कार्यक्रम तथा तिजगित प्रतियोगिता सम्पन्न भएको छ । वालकल्याण बोडिङ स्कुल र लिमिठानामा युवा सञ्जालको सयुक्त आयोजनामा उक्त कार्यक्रम बिहिबार सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै फलेवास नगरपालिकाका मेयर पदमपाणि शर्माले नगरक्षेत्रको बिकास गर्ने र नगर भित्रका सम्पुर्ण महिलाहरुको क्षमता वृद्धि गर्न तथा उनिहरुको हक र अधिकार सुरक्षित गर्न निरन्तर लागि पर्ने वताउनु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाकी उप मेयर मञ्जु अधिकारीले तिजको अबसरमा गरिने यस्ता कार्यक्रमले सास्कृतिको जर्गेना गर्ने भएको हुदा यस्ता कार्यक्रमलाइ आगमी बर्षमा पनि निरन्तरता दिन आग्रह गनुभयो । साथै अधिकारीले मलिाहरुको आवज बुलन्दित पार्न र मलिाहरुको हक अधिकारको सुनिश्चित गर्न सदैब लागि परिरहले बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतकी सदस्य कबिता बि.क. फलेवास नगरपालिका ७ठानामौलाका वार्ड अध्यक्ष मन बहादुर कुवर, लिमिठानामा मा।बि की शिक्षिका सारदा शर्मा लगायतले बोल्नुभएको थियो । कार्यक्रममा बिबिध प्रत्योगिताहरु भएका थिए । जसमा तिज गित प्रत्योगितामा सफलता किशोरी महिला समुह फलेवास नगरपालिका ७ खानीगाउको समुह प्रथम, समिक्षा तिवारीको समुह लिमिठानामा मा।बिको समुह दिर्तिय र आटीघर महिला समुह लिमिठानाको समुह तिर्तिय भएका छन् ।
बिद्यालय स्तरिय नृत्य प्रत्योगितामा सृष्टी पन्त प्रथम, पुणीमा रेग्मी दिर्तिय र शिरिसा पन्त तेस्राे  भए । त्यस्तै खुल्ला नृत्य प्रत्योगितामा रोशनी क्षेत्री प्रथम, पुनम पौडेल दिर्तिय, सदिक्षा सुनार तिर्तिय र करिष्मा सुनार सान्तवना भएका छन् । कार्यक्रममा सबै बिजेतलाइ नगद प्रदान गरिएको थियो ।

कार्यक्रममा लोक गायक कुष्ण समिप सुबेदि हष्यकलाकार निर्मल पौडेल लगाएतको बिशेष प्रस्तुती रहेको थियो । फलेवास नगरपालिका वार्ड नं-७ लिमीठानाका वार्ड अध्यक्ष हरिराम रेग्मिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लिमीठाना युवा सन्जालका अध्यक्ष केशर पन्तको स्वागत मन्तब्य र कार्यक्रको सन्चालन बालकल्याण बोडिङ स्कुलका प्रिन्सिपल दिपेन्द्र रेग्मीले गर्नुभएको थियो ।