आफ्नो कार्यकालमा दाङमा दुई अर्ब रकम ल्याउने राज्य मन्त्री चौधरीको भनाई

654
views

दाङ १० भाद्र । श्रम तथा रोजगार राज्य मन्त्री डिल्ली बहादुर चौधरीले आफनो कार्यकालमा दाङमा दुई अर्ब रकम ल्याउने दाबी गरेका गरोका छन्। रिपोर्टस क्लव दाङले तुलसीपुरमा गरेको कार्यक्रममा मन्त्री चौधरीले दाङको विकासका लागि दुई अर्ब रुपैयाँ ल्याउने बताए ।
अर्थमन्त्री लगाएतक विभिन्न मन्त्रीहरु मैलेचिनेका हुनुहुन्छ, उहाँहरुसंग पनि मेरो कुरा भएको छ, मन्त्री चौंधरीले भने ‘सडक, सिंचाई र बाढीपिडितका लागि ४ महिनामा दुई अर्ब रकम ल्याउँछु ।’
गाउँगाउँका सडकलाई कालोपत्रे गर्नकालागि नगरपालिकासंग समन्वय गरेर अघि बढ्ने बताउदै चौधरीले युवा रोजगारको कार्यक्रमलाई पनि संगैलिएर जाने बताए । ‘म श्रम तथा र रोजगार मन्त्री भएकाले पनि मेरो पहिलो प्रथामिकता व्यरोजगार युवालाई रोजगार दिलाउनु हो । दाङलाई रोजगारको हबका रुपमा विकास गर्ने तयारी गरेको छु ।’ मन्त्री चौधरीले भने ।
युवाहरुलाई रोजगारी दिनका लागी बिभिन्न खाले सिपमुलक तालिमहरु संचालन गरिने बताउए । पहिलो काम नेपालमै युवाहरुलाई रोजगार दिने बातावरण बनाउनु रहेको बताउँदै उनले त्यसका लागि पहल गरिरहेको बताए ।
त्यसैगरी मन्त्री चौरीले चौधिरले दाङलाई प्रदेशको राजधानी बनाउन आवश्यक पर्ने पुर्वाधारको व्यवस्थामा आफु लागेको बताए । तुलसीपुरमा प्रदेश स्तरका कार्यालयहरु खुल्न सुरु गरिसकेका छन्, त्यसले पनि दाङ राजधानी हुने कुरालाई पुष्टि गर्छ, –मन्त्री चौंधरीले भने, हामी यहाँ र उहाँ भनेर लड्नु हुँदैन त्यसले हामीलाई कम्जोर बनाउछ ।’सम्मेलन रिपोर्टस क्लबका अध्यक्ष सरद रेग्मीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सहजीकरण सचिव बिमल गौतमले गरेका थिए ।