प्रधानमन्त्री देउवा र बिहारका मुख्यमन्त्री नितिश कुमारबीच भेटवार्ता

614
views

काठमाडौं,११ भदौ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग शनिबार साँझ बिहारका मुख्यमन्त्री नितिश कुमारले शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री देउवासँग बिहारको रोयल रेसिडेन्सी होटलमा मुख्यमन्त्री नितिश कुमारले भेटवार्ता गरेका हुन ।
भारतको पाँच दिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री देउवा शनिबार साँझ आन्ध्र प्रदेशबाट बिहार पुगेका हुन् ।
भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवा र मुख्यमन्त्री नितिश कुमारबीच हालै नेपालको तराई र बिहारका कतिपय सीमा क्षेत्रमा आएको बाढीका कारण भएको क्षतिका विषयमा विस्तृत छलफल भएको थियो ।

नेपाल र भारततर्फ बाढीले पु¥याएको क्षति र बाढी नियन्त्रणका लागि दुवै देशका तर्फबाट संयुक्त रुपमा दिगो व्यवस्थापनको पहल गर्नुपर्ने कुरामा प्रधानमन्त्री देउवाले जोड दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री देउवा आज बिहारको बोधगयामा रहेको महाबोधी जाने कार्यक्रम छ । प्रधानमन्त्री देउवा आजै साँझ बिहारबाट नयाँदिल्ली हुँदै स्वदेश फर्कने कार्यक्रम छ ।