दोक्लाम जस्ता थुप्रै घटना घट्नसक्ने भारतीय सेना प्रमुखको संकेत

2154
views

चीन र भुटानको सिमा क्षेत्र दोक्लामलाई लिएर भारत–चीनबीच बिगत दुई महिना भन्दा लामो समय देखि बिवाद चलिरहेका बेला भारतीय सेना प्रमुख बिपिन राउवतले दोक्लाम जस्ता घटना अझै बढ्न सक्ने संकेत गरेका छन् ।
सेना प्रमुख राउवतले शनिबार एक कार्यक्रममा भविष्यमा भारत–चीनबीचको नियन्त्रण रेखामा दुई देशका सेनाबीच दोक्लाम जस्ता घटना बढ्ने दावी गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन् । दोक्लामा विवादबारे यस अघि उनी भन्दा तल्लो तहका सैन्य अधिकारीहरुले बोल्ने गरे पनि सेना प्रमुखबाटै बोलेको यो पहिलो पटक हो ।
‘दोक्लम जस्ता घटना बढ्न सक्ने’ उनको टिप्पणीलाई थप व्याख्या गर्न पत्रकारहरुबाट गरिएको आग्रहमा राउतले ‘यस्ता घटना अब हुँदैनन् भनि सोच्नुभन्दा तयार र सर्तक रहनु राम्रो हुने’ बताए । ‘मेलै के भन्न खोजीरहेको छु भने, हामी वेसावधान बन्नु हुन्न्। मानौं यो विवाद समान भयो, सिमामा यस्ता घटना फेरी हुँदैन् भनेर सोच्नु हुँदैन् ।’
राउवतले वार्षिक सैन्य अभ्यासमा आफ्नो सहभागिताबारे चीनले अहिलेसम्म कुनै सूचना नदिएको पनि जानकारी दिएका छन् ।