काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको अधिवेशनका सम्बन्धी बहसमा क्रियतापूर्व सहभागी हुन आग्रह गरेका छन् । सामाजिक सञ्जालमा भिडिओ सन्देश जारी गर्दै थापाले पार्टी भित्र र बाहिरका नौ–जवानहरुलाई कांग्रस सुधार गर्ने यात्रामा सहभागी हुन आग्रह गरेका हुन् ।

देशप्रतिको जिम्मेवारी वोध, अहिलेको अवस्थाप्रतिको चिन्ता र चिन्तनको कारण अहिले जारी केन्द्रीय समिति बैठकमा पार्टी अधिवेशनको विषय प्रवेश गराएको उनको तर्क छ ।
उनले भनेका छन्, ‘कांग्रेस पार्टीको अधिवेशनको बहसमा पार्टीका सबै साथीहरूलाई सक्रिय सहभागिताको लागि आग्रह गर्दछु । तपाईंहरूको साथ अपरिहार्य छ । साथै, अन्य नौजवान साथीहरूलाई पनि अनुरोध गर्दछु, कांग्रेससँग प्रत्यक्ष सम्बन्ध नभए पनि यसको सुधारको यात्रामा तपाईंहरूको समर्थनले नयाँ ऊर्जा र बल प्रदान गर्नेछ ।’
उनले विशेष गरी युवालाई लक्षित गर्दै कांग्रेस पार्टीको आन्तरिक सुधार र पुनर्गठनका लागि युवा पुस्ताको सक्रिय समर्थन खोजेका छन् ।
भदौ २३ गते सबै नागरिकले भ्रष्टाचार, नातावाद कृपावाद, असक्षमता, कुशासनका विरुद्धमा व्यापक असन्तुष्टि पोखेको भन्दै उनले यी सबै असन्तुष्टिको एउटा कारण कांग्रेस पनि भएको बताएका छन् ।










