नेपाल र भारतको भिडन्त, कस्ले मार्ला बाजी ?

2046
views

साफ यू–१५ फुटबल प्रतियोगिताको फाइनलमा नेपाल र भारतकाबीच भिडन्त चलिरहेको छ । उपाधिका लागि नेपाल र भारत बीच एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रतिस्पर्धा गरिरहेका छन् ।
सेमिफाइनलमा नेपालले बंगलादेशलाई ४–२ र भारतले भुटानलाई ३–० को गोल अन्तरले पराजित गर्दै फाइनल भेट पक्का गरेका हुन् ।
नेपाल र भारत प्रतियोगिताको समूह ‘बी’ मा रहेका थिए । समूहचरणमा नेपाललाई पराजित गर्दै भारत समूह विजेता बनेर दोस्रो चरणमा प्रवेश गरेको थियो । समूहको अन्तिम खेलमा नेपाल भारतसँग २–१ गोलअन्तरले पराजित भएको थियो । त्यसअघि पहिलो खेलमा माल्दिभ्सको पोष्टमा नेपालले ६ गोल गर्दा आफ्नो पोष्टमा एक गोल पनि गर्न दिएको थिएन ।