फर्कियो भारतीय सेना विवादीत क्षेत्र दोक्लामबाट, चिनियाँ सेना नियमित गस्तिमा

2032
views

काठमाडौं, १२, भदौ । चनि र भारतको विवादीत क्षेत्र दोक्लामबाट भारतीय सेना फिर्ता भएको छ । भारतयि सेना फर्किएपछि चीन र भारतबीच केही महिना अघिदेखि सीमाक्षेत्र दोक्लाममा चल्दै आएको विवाद समाधानतर्फ अघि बढेको हो । दोक्लामबाट आफ्ना सेना हटाउन भारत तयार भएपछि समाधान निस्केको हो ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ‘पछिल्ला हप्ताहरुमा दोक्लामलाई लिएर भारत र चीनबिच कुटनीतिक वार्ताहरु जारी छन् । यी वार्ताहरुमा हामीले एक–अर्काका चिन्ता तथा हितका विषयमा कुरा ग¥यौं । यस आधारमा दोक्लाममाथि जारी विवादलाई लिएर हामीले सीमाबाट सेना हटाउने निर्णय लिएका र्छौं र यसमा काम सुरु भइसकेको छ ।’ दुईबुँदे विज्ञप्तिको दोस्रो बुँदामा भनिएको छ, ‘कूटनीतिक संवादहरुमा दोक्लामस्थित तनावपूर्ण क्षेत्रमा रहेको सीमावर्ती सैनिक गतिविधिबाट द्रुततर रुपमा छुटकारा पाउनेबारे चीनसँग समझदारी कायम भएको छ भने उक्त विषयलाई लिएर थप संवादहरु जारी छन् ।’