संविधान संशोधनबारे भारतलाई जानकारी गराउनु अस्वभाविक होइन छिमेकी राष्ट्रको चासो हो–देउवा

1320
views

काठमाण्डौ, १२, भदौ । भारत भ्रमणवारे प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको संविधान संशोधनको विषयमा नेपालमा टिकाटिप्पणी भईरहेका बेला प्रधानमन्त्री देउवाले नेपालको संविधान संशोधनको विषयमा भारतलाई जानकारी गराउनु स्वभाविक भएको बताएका छन् ।
सोमबारको व्यवस्थापिका संसदमा आफ्नो भारत भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री देउवाले राष्ट्रिय मुद्दा र चासोको विषय अन्तराष्ट्रिय समूदाय र छिमेकीलाई जानकारी गराउनु अस्वभाविक नभएको बताए ।
उनले भने,‘नेपालको शान्ति प्रक्रिया र लोकतन्त्रको संस्थागत गर्न आएका छिकेकी राष्ट्र र अन्तराष्ट्रिय समूदायबाट जिज्ञासा राख्नुलाई नजायज भन्न मिल्दैन ।’ उनले संविधान संशोधनमा छिमेकी र अन्य राष्ट्रको हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारे ।

संविधान संशोधनका विषयमा हामीले गरेको प्रयासबारे संयुक्त पत्रकार सम्मेलनमा बोलेको भन्दै प्रधानमन्त्री देउवाले उक्त विषयलाई अतिरञ्जित गरिएको बताए । ‘संविधान संशोधनका विषयमा मैले बोलेका कुराहरुबारे राजनीतिक दलबाट व्यक्त विचार तथा सञ्चारमाध्यममा आएका टिप्पणीहरुबारे मेरो ध्यानाकर्षण भएको छ ।’

आफ्नो भ्रमणलाई भारतले उच्च प्राथमिकता दिएको पनि प्रधानमन्त्रीले जानकारी गराए । देउवाले भारत भ्रमणका क्रममा आफूले राष्ट्रको शीर निहुराउने कुनैपनि खालका सम्झौता नगरेको समेत दावी गरे ।