दुई सिमखेत जोड्ने मल्याङ्दीको काठे पुलले सास्ती

2507
views

शोभा कार्की 
पर्वत, १२, भदौ । गत वर्षमा आएको असारे बाढीले जाली भत्क्याईदियो, अहिलेको बर्षाले जालीमाथि राखेका काठ बगायो, मल्याङ्दीखोलाको सिसा ठाँटीमा पुल नहुँदा स्थानीयले सास्ती भोग्दै आएका छन् स्थानीय महेन्द्र बहादुर केसीको भनाई थियो ।
फनपा–३ को सिमखेत र कुनपा–१० को सिमखेत जोड्ने काठे पुल बगाउँदा असार, साउन र भदौ महिना मेलापात, घाँसपात र गोडमेल गर्न निकै कठिनाई भएको अर्का स्थानीय हेमशर्मा अधिकारीले बताए ।
फलेवास नगरपालिका–३ को सिमखेत सिसा ठाँटी र कुश्मा नगरपालिका १० को सिमखेतमा वारी पारी गर्ने पुल नहुँदा स्थानीयले बनाएको काठे पुल खोलाले वगाएपछि सास्ती भोग्दै आएका हुन् । बारबम्वार फलामे पुलको आशा गरिएपनि पुल नपर्दा दुई गाउँका स्थानीयले समस्या भोग्दै आएका हुन् । वारी सिमखेतवासीको उब्जाउ हुने खेती पारी सिमेखेतमा र पारी सिमखेतवासीको उब्जाउ हुने खेती वारी सिमखेतमा भएकोले मल्याङ्दी खोला वारपार गर्न पुलको आवश्यकता भएपनि पक्कि पुल नहँदा बषौंबर्षदेखी काठेपुलको प्रयोग गर्दै आएको कुश्मा नगरपालिका–१० का हरिप्रसाद अधिकारीले बताए ।
असार र साउनमा मल्याङ्दी खोला बढेर वारपार गर्न नसकिने हुँदा भदौमा त्यहि मुड्के पुललाई व्यवस्थित गरी खेतीको काम गर्नुपर्ने अवस्था भएको स्थानीयको भनाई छ । फलेवास–३ सिमखेतको सिसाँ ठाँटीमा धुलियाजन डिगबोईमा जागिर गरेको पुरानो पुस्ताले बनाएको ठाँटी व्यवस्थापन र व्यवस्थित गरिंदै गएको गणेश मन्दिरको दैनिक पुजाआजाले धर्मालम्वीहरु आउने पुल समेत भएकोले समस्या उत्पन्न भएको महेन्द्र केसीले बताए ।
मन्दिरमा पुजा आजाका लागि स्याङजा जिल्लाका मानिसहरु समेत आउने बाटो हुँदा उक्त पुल निर्माणको आवश्यकता समेत रहेको स्थानीयको भनाई छ ।