नुवाकोटमा बाढीले झण्डै २ करोडको क्षति, २५० रोपनी जग्गा बगरमा परिणत

2379
views

नवदृष्टि संवाददाता
नुवाकोट, १२, भदौ । नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नं २ साविक कविलास गाविसमा गत शुक्रबार आएको भिषण वर्षाको कारण कुडुल्ली खोलामा आएको बाढीले दुईकरोडको क्षति पुर्याएको छ । बाढीले २५० रोपनी बराबरको खेतीयोग्य जमिनलाई बगरमा परिणत गराएको छ ।
बाढीले त्यस क्षेत्रकै सबैभन्दा ठूलो गणखार सिञ्चाई आयोजनालाई पूर्ण क्षति बनाएको छ भने बस्ती समेत जोखिममा परेको नेपाली काँग्रेस नुवाकोटका नेता रमेश कुमार महतले जानकारी दिनुभएको छ । महतले बाढीका कारण १० वटा साना सिञ्चाई आयोजना, २५० रोपनी खेतीयोग्य जमिन र धान तथा तरकारी खेतीमा गरी झण्डै दुईकरोड रुपैयाँ बराबरको क्षति पुर्याएको बताउनुभयो ।गत शुक्रबारको बाढीले पु¥याएको क्षतिको बारेमा आज नेपाली कांग्रेस नेता एवं सांसद डा.रामशरण महत, जिसस नुवाकोटका प्रमुख सन्तमान तामाङ, प्रजिअ जगदीश बराल नेपाली कांग्रेस नुवाकोटका नेता रमेशकुमार महत, पन्चकन्या गाउँपालिकाकी उपाध्यक्ष सीता पराजुली, डिभिजन सडक कार्यालय प्रमुख, डिभिजन सिचाइ कार्यालयका प्रमुख, जिल्ला कृषि बिकास कार्यालयका प्रमुख, नुवाकोट उद्योग, वाणिज्य संघका अध्यक्ष लगायतको लगायतको टोलि स्थलगत निरीक्षका लागि उक्त ठाउँमा पुगेको थियो ।