हुण्डी कारोबारी विरुद्ध मुद्दा दायर,४ अर्ब १४ करोड विगो दावी

2448
views

नवदृष्टि संवाददाता
काठमाण्डौ, १२, भदौ । ४ अर्ब १४ करोड विगो दावी रकम सहित हुण्डी कारोबारीविरुद्ध राजश्व अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौमा मुद्दा चलाएको छ ।
हुण्डी कारोबारीविरुद्ध यो अहिले सम्मकै सबैभन्दा ठूलो मुद्दा हो । चार अर्व बढि विगो दाबीसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागका महानिर्देशक भुपाल बरालले जानकारी दिए ।
बरालका अनुसार विभागले काठमाडौंमा बसेर हुण्डी कारोबार गर्ने ७ जना विरुद्ध मुद्दा दायर गरेको हो । विभागका अनुसार मिलन गुरुङ, धरमकुमार गुरुङ, निलिमा थामी राई, राजेन्द्रमान गुरुङ, विद्यादेवी गुरुङ, दलबहादुर पुन र लबकुमार नेपाल विरुद्ध विभागले मुद्दा दायर गरेको छ ।
उनीहरुलाई प्रहरीले जेबु टुर्सबाट पक्राउ गरेको थियो । उनीहरुलाई प्रहरीले अनुसन्धानको लागि विभागको जिम्मा लगाएको थियो ।
राजश्व छलिमा विगोको तीन गुणा सम्म जरिवाना समेत लिन पाउने कानूनी व्यवस्था रहेको छ । कति जरिवाना तोक्ने भन्ने विषय अदालतको हातमा छ । घटना र विचारबाट साभार