भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले गरेका कतिपय सम्झौता राष्ट्रहित विपरीत– गुरुङ

1277
views

पर्वत, १२, भदौ । नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य एवं प्रदेश नं ४ का ईन्चार्ज देव गुरुङले भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले गरेका कतिपय सम्झौताहरु राष्ट्रहित विपरीत भएको बताएका छन् । नेता गुरुङले सोमबार प्रेस सेन्टर पर्वतले आयोजना गरेको पत्रकार भेटका क्रममा यस्तो बताएका हुन् ।
गुरुङले कोशी हाईड्याम डिपिआर तयार गर्ने, दक्षिण एसियाली सेटलाईटको विषय तथा अन्तराष्ट्रिय आतंकवादको विषयमा भएका सम्झौताहरु राष्टङको हित विपरीत भएको बताउँदै भारत भ्रमणका क्रममा दोक्लाम तथा गोर्खा भर्तिकेन्द्रको विषयमा कुरा नउठाउनु आपत्तिजनक भएको टिप्पणी गरे ।
नेता गुरुङले तराईमा बाढीले समस्या बनाइरहेका बेला गरेको प्रधानमन्त्रीले गरेको भारत भ्रमण अनावश्यक भएको बताउँदै भने ‘भारतले कोशी बाँध नखोल्दा र सिमावर्ति क्षेत्रमा गरिएको एकपक्षिय तटबन्धनका कारण तराई डुबानमा परेको हो ।’
नेता गुरुङले प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा असमान सन्धी सम्झौता नहोस भन्दाभन्दै पनि केही असमान सन्धि सम्झौता भएको तर समिक्षा भैनसकेको बताए ।
नेता गुरुङले संविधान संसोधनमा गए के हुन्छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा संविधान संशोधन तर्फ लाग्ने हो भने मंसिर १० को निर्वाचनलाई असर पर्ने र राष्ट्रिय स्वाधिनता धरापमा पर्ने हुँदा संविधान संशोधन आवश्यक नरहेको उल्लेख गरे ।
उनले छिमेकी राष्ट्र भारतसँग प्रधानमन्त्रीले संविधान संसोधनको विषय उठाउनु स्वतन्त्र परराष्ट्र नीतिको मान्यता भन्दा विपरीत भएको बताए ।
गुरुङले अवको चुनावमा माओवादी पार्टीको सहकार्य काँग्रेसँगै हो कि ? भन्ने अर्को जिज्ञासमा संघियता, गणतन्त्र, धर्म निरपेक्षता लगायतका एजेण्डा मिल्नेसँगै सहकार्य हुने बताए ।