नदीमा बेपत्ता एमाले नेताको शव नभेटिएपछि कुशको शव बनाएर अन्तिम संस्कार

864
views

नवदृष्टि संवाददाता
अछाम, १३, भदौ । तीन दिनअघि बुढीगङ्गा नदीमा बगेर बेपत्ता भएका नेकपा एमाले अछामका जिल्ला सल्लाहकार सदस्य प्रकाश कुवँरको आज अनितम दाहसंस्कार गरिने भएको छ । वेपत्ता भएका कुँवरको शव फेला नपरेपछि परिवारले धार्मिक संस्कृति अनुसार कुसको शव वनाएर दाहसंस्कार गर्न लागिएको वताईएको छ ।
साँफेबगर नगरपलिका ४ खाल्सैन मौवा निवासी ५२ बर्षिय कुवँरलाई आईतवार वुढिगंगा नदिले बगाउँदा बेपत्ता भएका थिए । गाउँले आफन्तको मलामी गएका कुँवरलाई नुहाउने क्रममा नदिले बगाएको थियो ।
वेपत्ता कुँवरको स्थानीय बासिन्दा, साफेबगर स्थित सशस्त्र प्रहरी बल खप्तड गुल्म र प्रहरीको सक्रियतामा व्यापक खोजी गरे पनी नभेटाएपछी उनको परिवारजनले अव जिवितै फेला पर्ने कुनै सम्भावना नरहेकोले अन्तिम दाहासंस्कार गर्न लागिएको बताएका छन ।