मन्त्रालयका सचिव रोएपछि मन्त्रीका पनि आँखा रसाए

946
views

काठमाण्डौ । मन्त्रालयका सचिव धुरधुरी रोएपछि मन्त्रीका समेत आँखा रसाए । खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीमप्रसाद उपाध्याय मन्त्रालयमै धरधरी रोए । भदौं १४ गते ५८ वर्ष लाग्दै गरेका उपाध्यायलाई बिदाई गर्न आयोजित एक कार्यक्रममा उपाध्याय मात्र रोएनन् उनले विभागिय मन्त्री महेन्द्र यादवका समेत आँखा रसाइखिए । फेसवुके र टुइटे सचिवको उपनामले पनि चिनिने उपाध्याय सामाजिक सञ्जालमा रमाउने सचिव मध्येका एक हुन् । झट्ट निर्णय लिने र कर्मचारीलाई परिचालन गर्न माहिर उपाध्याय पछिल्लो समय सामाजिक सञ्जालको अत्याधिक प्रयोग र केयुकेएल विवाद प्रकरणका कारण चर्चामा थिए । उनले खानेपानी मन्त्रालयमा रहदा मेलम्चीको कामलाई रफतारमा लैजाने, केयुकेएलका विकृति बाहिर ल्याउने, काठमाडौंका सडकमा खनिएका खाल्डा पुर्ने जस्ता कामलाई तिव्रता दिएका थिए । सामाजिक सञ्जालमा सधैं उपडेट रहने सचिव उपाध्यायले भर्खरै तराईमा गएको बाढीको बेलामा खानेपानीको प्रबन्ध गर्न कर्मचारीहरुलाई प्रभावकारी ढंगले परिचालन गरेका थिए । उनले आफ्नो स्टाटसमा लेखेका छन् ‘निजामति सेवाको जागिरे जीवनको आज मेरो कार्यकाल २९ वर्ष १ महिना १३ दिनको अन्तिम दिन हो । आज सार्वजनिक बिदा भएकोले जागिरको अन्तिम दिन आराम गर्न पाएको छु । हिजो अफिसको अन्तिम दिन अन्तिम मिनट बेलुका ५ बजे सम्म पनि देशकै निम्ती केही राम्रो हुने निर्णय गरी छाडेको छु । ती निर्णयलाई मलजल हालेर फलरफूल फलाउने र फुलाउने जिम्मा आगामी सचिवज्यू र मन्त्रीज्यूहरूमा छ ।’ छोटो समयमात्र सचिवसँग काम गरेका मन्त्री यादवले सचिवको प्रशंसामात्र गरेनन् बरु उपाध्याय जस्तो सचिव पाएकोमा गर्व लागेको पनि बताए । सम्भवतः यसै साता बस्ने मन्त्री परिषद्को बैठकले उक्त मन्त्रालयमा नयाँ सचिवलाई पठाउने छ ।